बिधुतको २२० केभी प्रसारण लाइनको सब स्टेशन धरानमाबनाउने तयारी

बिधुतको २२० केभी प्रसारण लाइनको सब स्टेशन धरानमाबनाउने तयारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । नेपाल सरकारले धरानमा २२० केभी कोशी कोरिडोर प्रसारण लाइनको सब स्टेशन बनाउने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सुचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले धरानमा २२० केभी सब स्टेशन निर्माण गर्न आवश्यक प्रक्रिया शुरु गर्ने निर्णय गरेको जानकारी दिए । सरकारको यो निर्णयले धरानलाई दीर्घकालिनरुपमा भोल्टेजको समस्या हल गर्ने अपेक्षा गरिएको छ । कोशी कोरिडोर प्रसारण लाईनको विवाद भएर काम अवरुद्ध भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङसहितको छलफलमा धरानलाई राहत दिने गरि सब स्टेशन बनाउने सहमति भएको थियो । सोही सहमति अनुसार आयोजनाले सब स्टेशन बनाउने प्रस्ताव मन्त्रालयमा गरेको थियो ।

                आयोजनाको प्रस्ताव अनुसार धरानमा १३२ केभीको सबस्टेशन बन्ने छ । यो अहिलेको भन्दा धेरै गुण बढी भोल्टेजको सबस्टेशन हो । अहिले धरान हुदै गएको राष्ट्रिय प्रसारण लाइनको ३३ केभि क्षमताको मात्र सबस्टेशन रहेको छ । पुर्वक्षेत्रमा १३२ केभीको सबस्टेशन दुहबी र झापाको अनारमनीमा मात्र छ । ‘यो सब स्टेशन धरानको भोल्टेजलाई सुधार गर्ने लक्ष्य लिएर बन्न लागेको हो, यसले ५० औं बर्षसम्म धरानलाई पुग्छ,’आयोजनाको धरान सेक्सनका कर्मचारी उदय गुँरागाईले भने,‘सब स्टेशनको लागि १ अर्ब ७० करोड हाराहारीमा बजेट र प्रोजेक्ट मेनेजर पनि नियुक्ती भइसकेको छ ।’