गायक सचेत राईको आधुनिक गीत ‘तिमीलाई पाउने चाहनामा’ म्युजिक भिडियो सार्बजनिक

गायक सचेत राईको आधुनिक गीत ‘तिमीलाई पाउने चाहनामा’ म्युजिक भिडियो सार्बजनिक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । युवा गायक सचेत राईको स्वरमा रहेको आधुनिक गीत ‘तिमीलाई पाउने चाहनामा’  को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार सुमित्रा राईको शब्द र युवा संगीतकार कृष्णकुमार राईको संगीत रहेको यो गीतमा युवा पुस्ताको मन र भावनालाई समेटिएको छ । भारतीय फौजीमा कार्यरत सचेत राईको यो भन्दा अगाडी ‘पानी खानु मुलको’ बोलको गीत सार्बजनिक भइसकेको छ । पुर्बी नेपालको धनकुटाको खोकुमा जन्मिएका सचेत राई सानै उमेरदेखि गीतसंगीतमा रुची राख्थे । तर फौजी जागिरले रोकिएको उनको संगीतिक यात्रा बिदामा आएको समयलाई उपयोग गर्दै सफल भएको बताए ।

                यो गीतको म्युजिक भिडियोमा सूरज राई र रोजी सुनुवार राईले मुख्य अभिनय गरेका छन् भने मेला राईको समेत छोटो अभिनय रहेको छ । यो म्युजिक भिडियो राज बान्तवाले खिचेका हुन् । धरानबजार र आसपासका क्षेत्रमा सुटिङ गरिएको यो म्युजिक भिडियो युटुवमा हेर्न सकिन्छ ।गीतकाे भिडियो लिङ्क

https://www.youtube.com/watch?v=FCzHBdJDmzw&feature=share&fbclid=IwAR3EF5v4q8kOuhYirMiGLT7V5eLcCB1hKRCdTvIwC94bRRxDKmm1FLwEkS8