January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

तिहारमा लोडसेडिङ हुँदैन, ढुक्कले बिजुली बल्नुस: नेपाल बिधुत प्राधिकरण

तिहारमा लोडसेडिङ हुँदैन, ढुक्कले बिजुली बल्नुस: नेपाल बिधुत प्राधिकरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले उज्यालो पर्व तिहारको लक्ष्मीपूजाको दिन निर्धक्क भएर बिजुली बाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । प्राधिकरणले कोभिड–१९ को कारण गत वर्षको तुलनामा यसपालि लक्ष्मीपूजाको दिन कम बिजुली खपत हुने प्रक्षेपण गरेको छ ।  

प्राधिकरणको भारप्रेषण केन्द्र प्रमुख सुरेशबहादुर भट्टराईले कोभिड–१९ का कारण ठूला होटल र अन्य औद्योगिक क्षेत्र पूर्ण रूपमा सञ्चालनमा नआएकाले पोहोर लक्ष्मीपूजाको दिनको पिक डिमान्डको तुलनामा यसपालि लोड कम हुने प्रक्षेपण गरेको बताए ।

केन्द्र प्रमुख भट्टराईले यस वर्ष लक्ष्मीपूजाको दिन अधिकतम ११०० देखि ११५० मेगावाट बिजुली खपत हुने प्रक्षेपण गरेको बताए । ‘लक्ष्मीपूजाको पिक आवरमा १५ सय मेगावाटसम्म लोड आवश्यक परे पनि व्यवस्थापन गर्ने गरी तयारी गरेका छौं,’ उनले भने, ‘कोभिड–१९ को कारणले अधिकांश ठूला होटल तथा व्यवसाय बन्द भएकाले गत वर्षभन्दा पनि कम लोड खपत हुने सम्भावना देखिन्छ । प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिनमा जलाशययुक्त कुलेखानीका सम्पूर्ण आयोजना सञ्चालनमा ल्याउनेछ । प्राधिकरण मातहतका आयोजनाबाट ५३० मेगावाट, निजी क्षेत्रका आयोजनाबाट ७५० मेगावाट र भारतबाट एक सय ६० मेगावाट आयात गरेर लोड व्यवस्थापन गर्ने तयारी छ । प्राधिकरणले लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ३०० मेगावाट बिजुली माग हुने प्रक्षेपण गरेको छ । सो दिन विद्युत् अवरोध हुन नदिन मुलुकभरका वितरण केन्द्र र विद्युतगृहलाई तयारी हालतमा राख्ने प्राधिकरणले जनाएको छ ।नागरिकबाट