उदयपुर एक लाख १२ हजार बोट गाँजा फँडानी

उदयपुर एक लाख १२ हजार बोट गाँजा फँडानी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुर प्रहरीले पछिल्लो समय चलाएको साताव्यापी गाँजा फँडानी अभियानबाट झण्डै सवा १ लाख बोट गाँजा नष्ट गरेको छ । जिल्लामा अबैध लगाइएको गाँजा खेती नष्ट गर्ने अभियानअन्तर्गत कात्तिक २२ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको पछिल्लो अभियानमार्फत प्रहरीले गाँजा खेती नष्ट गर्न सफल भएको जनाएको छ ।

जिल्लाका बिभिन्न ठाउँमा भईरहेको अबैध गाँजा खेतीबारे जानकारी आए अनुसार टोली खटाएर फँडानी अभियान चलाइएको प्रहरी भनाई छ । सो क्रममा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी प्रमुख एसपी र डिएसपी कमाण्डमा खटेको छुट्टाछुट्टै टोलीले बिभिन्न ठाउँ पुगेर गाँजा फँडानी गर्दै नष्ट गरेको एसपी भीबहादुर दाहालले बताए । नउका अनुसार आफु स्वयमको कमाण्ड र इप्रका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर कमाण्डको संयुक्त टोलीले बेलका नगरपालिका ७ का बिभिन्न बस्तीमा लगाइएको हजारौं बोट गाँजा खेती फँडानी गरेर नष्ट गरेको छ ।

 गाँजा खेती अधिक लगाइएको र आफै उम्रेको क्षेत्र बेलका ७ मैनामैनीका हिण्डुला, त्रिबेणी, वडाङ क्षेत्रमा संयुक्त टोलीले गाँजा फँडानी गर्दै नष्ट गरेर फर्केको दाहालले बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमको कमाण्ड र इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारी कमाण्डको अर्को संयुक्त टोलीले जिल्लाको ताप्ली गाँउपालिका १, २ र ४ नं. वडाका बिभिन्न बस्तीमा १ सय ५८ रोपनी जमिनमा लगाइएको र आफै उम्रेका ६७ हजार १ सय ५० बोट गाँजा फडानी गरी नष्ट गरेको छ ।