January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

कागतिहारमा ईलाममा काग सम्मेलन

कागतिहारमा ईलाममा काग सम्मेलन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । कागतिहारको अवसरमा एक युवकले सदरमुकाममा ‘काग सम्मेलन’ गरेका छन् । सधैंजसो कागतिहारमा काठमाडौंमा काग सम्मेलन गर्ने गरेका इलाम नगरपालिका–२, सुम्बेकका रमेश दुलालले १७औं काग सम्मेलन गृहजिल्लामा गरेका हुन् ।

                मुखबाट कागको जस्तै आवाज निकालेर उनले सदरमुकामको चोक बजार र माइस्थान मन्दिरमा काग बोलाए । उनले कागलाई खुसी हुँदा र दुःख परेका बेलाको आवाज निकाल्दा दर्जनौं काग वरिपरि जम्मा भएका थिए । उनको काग बोलाउने कला हेर्न प्रमुख जिल्ला अधिकारीसहित इलाम बजारबासी भेला भएका थिए ।

                यमदूतका रूपमा पूजा गरिने कागले शुभ र अशुभ खबर ल्याउने विश्वास गरिन्छ । यही विश्वासले यमपञ्चकको पहिलो दिन कागको पूजा गरी उसलाई खाना दिएरमात्र आफू खाने चलन छ । कागलाई दुःख परेको र खुसी भएका बेला बोलाउने आवाज आफूले निकाल्ने गरेको दुलालले बताए । ‘काग कुनै कारणले अभर परेर कराउँदा, उसलाई आइज र जा भन्दा निकाल्ने आवाजले काग आकर्षित हुन्छन्,’ उनले भने, ‘१ किलोमिटरसम्म टाढाका कागसमेत ठूलो आवाजले आकर्षित गर्न सकिन्छ ।’ दुलालले मुखैले मादल र गिटार बजाउँछन् । अन्य चराचुरुंगीका आवाजसमेत निकाल्छन् ।