उदयपुरमा ट्याक्टरबाट लडेर युवकको निधन

उदयपुर । उदयपुरको लिमचुङबुङका एक युवकको ट्याक्टर दुर्घटनामा परेर निधन भएको छ । जिल्लाको पहाडी गाउँपालिका लिमचुङबुङ ३ सिर्वानी तीनचोकेका ३४ वर्षीय पदम रानामगर ट्याक्टर चढ्ने क्रममा लडेर बिहीबार राति निधन भएको प्रहरीले जनाएको छ ।
राति ८ बजे ना ६ त १९०८ नं. को ट्याक्टरमा चढ्न खोज्दा पछाडिको डालाबाट लडेर मगर गम्भीर घाईते भएका थिए । उपचार गर्न लाने तयारी गर्दागर्दै उनको घट्नास्थलमै निधन भएको इलाका प्रहरी कार्यालय लिमचुङबुङलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालक दुवैलाई नियन्त्रणमा लिएर इप्रका लिमचुङबुङले आवश्यक अनुसन्धान कारबाही अघि बढाएको छ । विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइएको छ भने मृतकको शव पोष्टमार्टमका लागि सदरमुकम ल्याउने तयारी भईरहेको छ ।

प्रतिकृया दिनुहोस्