पाँचथरका सीमा क्षेत्रमा विओपी

पाँचथरका सीमा क्षेत्रमा विओपी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर । भारतसँग सिमाना जोडिएका पाँचथरका विभिन्न स्थानमा सशस्त्र प्रहरीको वोडर आउट पोष्ट (विओपी) स्थापना गरिएको छ । भौगोलिक रुपमा विकटरहेका सिमा क्षेत्रमा यस अघि सुरक्षा उपस्थीति सुन्य प्रायः रहेको थियो । सुरक्षा उपस्थीति नहुदा खुल्ला सिमानाका कारण हुने अपराध, सिमा रक्षा तथा चोरी निकासी सम्बन्धमा लामो समयदेखि चिन्ता भईरहेका बेला पाँचथरका तीन स्थानमा बिओपी स्थापना गरीएको छ ।

चिवाभञ्याङमा सिमाना नजिकै पोष्ट स्थापना गरिएको छ भने अन्य दुई स्थानमा केहि टाढा पोष्ट स्थापना भएको छ । भौतिक पूर्वाधार बनेपछि सिमाना नजिकै पोष्ट सारीने शसस्त्र प्रहरी बल, नेपाल नम्बर २ गुल्म हेडक्वाटर हिमशिखर पाँचथरका प्रमुख डिएसपि किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

४५ किलोमीटर सिमा क्षेत्र रहेको पाँचथरमा स्थापना गरिने भनिएका चार वटा विओपी मध्ये तीनवटा विओपी स्थापना भएको हो । फालेलुङ गाँउपालिकाको फालोटमा केहि हप्तामानै पोष्ट उद्घानको तयारी भएको छ ।

याङवकर गाँउपालिकामा–१ सुकेढापमा विओपी उद्घाटन गरिएको ।  सुखेढापमा रहेको सामुदायीक भवनमा हाललाई बिओपी राखिएको छ ।