June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

२० लाख तिरेर साउदीको जेलबाट छुटे म्याग्दीका निउरे

२० लाख तिरेर साउदीको जेलबाट छुटे म्याग्दीका  निउरे
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्याग्दी । सात बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किएका छन् । मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार साँझ काठमाण्डौ आइपुगेका छन्।  वैदेशिक रोजगारीको क्रममा २०६८ जेठ २ गते साउदी अरबमा पुगेका निउरे आफ्नै कम्पनीमा कार्यरत सहकर्मीको कुटपिटबाट गम्भीर घाईते भएको अवस्थामा उपचारका लागि अस्पतालमा लैजाने क्रममा ज्यान गएपछि दोषी ठहर गरिएको थियो।

साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते अवस्थामा रहेको वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा फिंगर प्रिन्टलाई आधार मानेर निउरेलाई जेलमा परेका थिए । साउदी सरकारले तोकेको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि जेलमै रहेको निउरेलाई जेलमुक्त गर्न विभिन्न देशमा रहेका म्याग्देली आवद्ध रहेको मोना तथा अन्य संघसंस्थामार्फत ‘राजकुमार निउरे बचाउ अभियान’ सुरु भएको केही महिनामै आवश्यक पर्ने ब्लड मनी संकलनको प्रयास सफल भएपछि साउदी जेलमुक्त भएका हुन् । निउरे घर फिर्ती अभियानको संयोजन गरेको मोना अन्तराष्ट्रियमार्फत ब्लड मनी (क्षतीपूर्ति) का लागि १५ लाख सहयोग हस्तान्तरण गरेको थियो ।

जेलमुक्त भएर छोरा फर्किने समाचारले निउरेको परिवारमा खुसीयाली छाएको छ । विपन्न परिवारमा जन्मिएका निउरे धन कमाउने सपना देखेर विदेशिएको अवस्थामा जेलमा परेको करिब पाँचबर्षपछि मात्रै परिवारको सम्पर्कमा आएका छोरालाई स्वदेश ल्याउने प्रयास सफल भएको राजकुमारकी दिदी पुनम खत्रीले बताईन् । ‘भाई फर्किने खवरले खुसीको सिमा छैन्,‘आमाबुबाको बषौंदेखि बगेको आँसु बल्ल रोकिन्छ’ उनले भनिन् ।उनले सहयोग संकलन अभियानमा सक्रिय सबैलाई धन्यवाद दिदैं संकलित सबै आर्थिकको जानकारी दिने बताईन् । निउरे फिर्ती अभियान गाउँदेखि विदेशसम्म सञ्चालन गरिएको थियो । मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।