इटहरीमा तास खेल्ने–खेलाउने पक्राउ

इटहरीमा तास खेल्ने–खेलाउने पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । प्रहरीले इटहरी वडा नं. ९ स्थित गोल्डेन चोकको राइन फर्निचर उद्योगबाट तास खेल्ने–खेलाउनेलाईं पक्राउ गरेको हो ।

प्रहरीले इटहरी वडा नं. १३ का ६० वर्षे  मझेफर तसन मियाँ, दुहवी वडा नं. ९ का ३४ वर्षे मोहमद सामुदिन आलम, दुहवी वडा नं. ८ का २६ वर्षे हासिम हुसेन, ४२ वर्षे नुर महमद, वडा नं. ९ का ३८ वर्षे नैमुदिन मिया, इनरुवा वडा नं. ७ का  वर्षे महमद ईनुस र दुहवी वडा नं. ९ को ३७ वर्षे महमद मियाँलाईं पक्राउ गरेको हो । पक्राउ पर्नेका साथबाट प्रहरीले नगद र विभिन्न बैकका चेक बरामद गरेको छ ।

तास खेल्ने–खेलाउनेका साथबाट नगद एक लाख ४९ हजार ७२५ रुपैयाँ बरामद गरिएको छ ।