May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा सर्जरी सेवा सञ्चालन

सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा सर्जरी सेवा सञ्चालन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । खजुरा गाउँपालिका वडा नम्बर ७ मा रहेको उक्त अस्पतालले शुक्रबार औपचारिक रुपमा उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यका अनुसार शरिरमा मासु पलाएको, गाँठागुठी भएको, मुसा निस्केको लगायत स्वास्थ्य समस्या भएका ब्यक्तिको सर्जरी गरिनेछ । अस्पतालले सेवा शुभारम्भको अवसरमा शुक्रबारबाट निःशुल्क रुपमा शल्यक्रिया पनि सुरु गरेको उनले बताए । निर्देशक डा. आचार्यका अनुसार एक साताभित्र जटिल समस्या भएका बिरामीको शल्यक्रिया गरिनेछ । विभिन्न जिल्लामा रहेका बिरामीलाई सूचना दिएर सर्जरी सेवालाई नियमित गरिने आचार्य बताउँछन् ।

पहिलो दिन बाँके बैजनाथ गाउँपालिका निवासी १५ बर्षिय युवतीको स्तनमा रहेको ट्युमर सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालले चाडै नै अस्पतालले स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने तयारी अगाडी बढाएको छ ।

उक्त अस्पतालले जनरल सेवा, क्यान्सर पीडित बिरामीका लागि किमोथेरापी, प्रयोगशाला, सिटीस्क्यान सेवा, भिडियो एक्स रे लगायतका सेवा प्रदान गरिरहेको जनाइएको छ ।