पोखरा महानगरकाको सेवा अनिश्चितकालका लागि बन्द

पोखरा । पोखरा महानगरपालिका कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । पोखरा महानगरपालिकाको विहीबार बसेको वोर्ड बैठकले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अत्यन्त जरुरीबाहेक अन्य सेवाहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसहित अधिकांश शाखाका कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालयको अत्यन्त जरुरीबाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उपप्रमुख आफैलाई कोरोना भएको छ,‘उनले भने,‘मेयरको सचिवालयदेखि प्रशासन, लेखालगायतका अधिकांश विभागमा कोरोना संक्रमण भएकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो ।’
यस अवधीमापनि नागरिकताका लागि सिफारिस, प्रशासनिक कामलगायतका अत्यन्त जरुरी का मभने गरिने प्रवक्ता नेपालीले बताए । कोरोनाको प्रभाव हेरेर सेवा कहिलेदेखि सूचारु गर्ने भन्ने निर्णय हुने उनको भनाई छ ।
शुक्रबारदेखि नै सेवा प्रवाह रोकिने भएपनि पोखरा महानगरपालिकाले शुक्रबार पोखरामा छठ पर्वको सार्वजनिक बिदा नै दिएको छ । शनिबार यसैपनि सार्वजनिक बिदा भएकाले आईतबारदेखि सेवा प्रवाह प्रभावित हुनेभएको छ ।

प्रतिकृया दिनुहोस्