विराटनगरका राउत वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

विराटनगरका राउत वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । द्योगी, व्यवसायीहरूको साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा राजेन्द्र राउत प्रदेश १ बाट निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा मंसिर ११ देखि १३ गतेसम्म हुन लागेको केन्द्रीय कार्य समितिका लागि निर्वाचनको मिति तोकिएको छ । उद्योगी राउतले कात्तिक २७ गते उम्मेद्ववारी दर्ता गराएका थिए भने हाल उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष हुन् ।

‘आफू यस अघि पनि उद्योगी, व्यवसायीको पक्षमा काम गर्दै आएको हुँदा साथीहरूले मलाई निर्विरोध निर्वाचित गराउनु भयो,’ नवनिर्वाचित राउतले भने, ‘अब थप जिम्मेवारी प्रदान भएको हुँदा सबै व्यवसायी साथीहरूको सल्लाहअनुसार काम गर्दै अघि बढ्दै जान्छु ।

भोजपुरमा जन्मिएका उद्योगी राउत व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् । राउत मोरङ व्यापार संघको वरिष्ठ उपाध्यक्षसमेत भइसकेका छन् । मुख्य थलो विराटनगरलाई बनाएर व्यवसाय थालेका राउत मोरङ, सुनसरी, उदयपुर, मकवानपुरलगायतका विभिन्न स्थानमा व्यवसाय बिस्तार गरेका छन् ।

पाँचतारे होटल सञ्चालन गर्ने तयारीमा रहेका राउत हाल चुनढुंगा, सिमेन्ट, जुत्ताचप्पल, हेभी इक्युपमेन्ट, पेट्रोलियमलगायतका व्यवसायमा आवद्ध रहेका छन् । प्रदेश १ सरकारले स्थापना गरेको कोभिड १९ रोकथाम नियन्त्रणका लागि ११ लाख, विराटनगर महानगरपालिकालाई पिसिआर नमुना परीक्षण गर्ने मेसिन खरिदका लागि ७ लाख रुपैयाँ र हाल विराटनगरमा निर्माणाधीन अवस्थामा रहेको नागरिक केयर सेन्टरमा २० वटा शैड्ढया प्रदान गरेका छन् ।