मोटरसाइकल दुर्घटनामा हवलदारको मृत्यु

मोटरसाइकल दुर्घटनामा हवलदारको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रौतहट । मोटरसाइकल दुर्घटनामा रौतहटमा एक प्रहरी हवलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका ६ बसन्तपटी घर भई महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत ३५ वर्षीय प्रहरी हवलदार प्रवीण सिंह रहेका छन् । प्रहरी हवलदार सिंह आफैंले चलाइरहेको ना ६ प ७४२२ नम्बरको मोटरसाइकल बौद्धिमाई नगरपालिका ९ सडकमा शनिवार साँझ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते प्रह सिंहलाई जिल्ला अस्पताल गौरमा पु¥याउँदा अस्पताले मृत घोषित गरेको थियो । सिंहले चलाइरहेको मोटरसाइकलमा पछाडि सबार रहेका बसन्तपटी गाउँकै ३५ वर्षीय राकेश सिंह पनि दुर्घटनामा घाइते भएका छन् । घाइते सिंहको पर्साको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।