नेकपा माटोको हाँडी जस्तो प्याट्ट फुटदैनः भीम रावल

नेकपा माटोको हाँडी जस्तो प्याट्ट फुटदैनः भीम रावल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । नेकपाका नेता तथा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा पार्टी कसैले चाहेर नफुट्ने बताएका छन् । धनगढीमा आइतबार दिउँसो आयोजित पत्रकार भेटघाटमा नेता रावलले नेकपा पार्टी एक÷दुई जनाले चाहँदैमा नफुट्ने बताएका हुन् । उनले भने,‘नेकपा माटोको हाँडी हैन, कुनै व्यक्तिले लठ्ठीले हानेर प्याट्ट फुट्यो भन्ने वित्तिकै फुट्ने ।’

आठ लाख कार्यकर्ता भएको पार्टीलाई कसैले बोल्दैमा फुट्दैन । केपी शर्मा ओलीले पार्टी फुटाएर प्रधामन्त्रीभन्दा ठूलो पद के पाउनुहुन्छ ।  अर्का कार्यकारी अध्यक्ष प्रचण्डले योभन्दा ठूलो कुन पार्टीको नेतृत्व गर्नुहुन्छ ? त्यसैले पार्टी फुट्ने भन्ने हल्ला मात्रै हो’ नेता रावल जिकिर गरे ।

पार्टी भित्रको अन्तरविरोधलाई लिएर अध्यक्षद्वय ओली र दाहालले मात्रै आ–आफ्नो कुरा मात्रै अगाडि सारेको बताउँदै उनले भने,‘बाँकी नेता तथा कार्यकर्तालाई वास्ता गरिएको छैन । त्यसैले अब अन्य नेता र कार्यकर्ताको विचार आउने उनले बताए ।