ताप्ली गाउँपालिका कार्यालयमा बम विष्फोट

ताप्ली गाउँपालिका कार्यालयमा बम विष्फोट
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा आईतबार विहान शक्तिशाली बम विष्फोट भएको छ । आइतबार राती विष्फोट भएको बमले अध्यक्ष उद्धवसिंह थापा र उपाध्यक्ष कमलामाया राईको कार्यकक्ष रहेको पक्की भवनको एकतला माथि बरण्डामा भएको विष्फोटले त्यहाँ राखिएको सोधपुछ काउन्टर (हेल्पडेस्क)का फर्निचर र अध्यक्ष थापाको कार्यकक्षको ढोकामा क्षति गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।  प्रहरी प्रमुुख एसपी भीमबहादुर दाहालले प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालेको बताए ।

गाउँपालिका अध्यक्ष थापाले कुन समूहले घट्ना घटायो भन्ने थाहा नभएको बताए । कुनै समूहले चन्दा मागेको वा धम्की दिएको पनि नखुलेको गाउँपालिकाले जनाएको छ । विष्फोटनले गाउँपालिका केन्द्र रहेको रुपाटारबासी त्रसित बन्न पुगेका छन् भने कर्मचारी र जनप्रतिनिधिमा आतंक मच्चिएको छ । विष्फोट भएको भवन रुपाटार माविको प्रांगणमा विद्यालयकै हो । स्थानीयतह पुनर्संरचनापछि भवन अभावमा विद्यालयको एउटा मात्र पक्की भवनमा गाउँपालिका कार्यालय राखिएको थियो ।