धादिङमा ट्रिफर र कार ठोक्किदाँ एकको मृत्यु

धादिङ। पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं ५ गलौदीमा ट्रिफर र कार एक आपसमा ठोक्किदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाईते भएका छन् ।
मुग्लिनबाट काठमाडौ तर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको ट्रिफर आइतबार एकआपसमा ठोक्किएको प्रहरीले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारका २४ वर्षीय दिपेश केसी रहेका छन् ।
दुर्घटनामा परी दाङको शान्तिनगर नगरपालिका ९ का ३८ वर्षीय वर्षा केसी र कलङकी बस्ने सुधिर सुवेदी गम्भीर घाईते छन् भने अर्का एकजना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए । घाईतेहरुको काठमाडौँमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्