जंगली हातीको हिन्दु संस्कार अनुसार अन्त्यष्टी

जंगली हातीको हिन्दु संस्कार अनुसार अन्त्यष्टी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । बिजुलीको तारले जेलिएर सप्तरी कञ्चनरुप नगरपालिका क्षेत्रमा शनिबार राति मृत्यु भएको जंगली हात्तीको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ । मृत्यु भएको हातीको आइतबार पशु चिकित्सकको टोलीले पोष्टमार्टम गरेपछि गणेश भगवान मानेर हिन्दु संस्कार अनुसार जुन स्थानमा मरेको हो, त्यही दाहसंस्कार गरिएको कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले बताए ।

कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रमा निरन्तर रुपमा जंगली हातीको समूहले मानववस्तीमा प्रवेश गर्ने गरेकोमा कञ्चनरुप वडा नं. ५ मा बिजुलीको पोल लडाएर तार लत्रिएर जेलिदा बुढो दाह्रे हातीको मृत्यु भएको हो । कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन चौधरीका अनुसार बिजुलीको पोलमा हातीले प्रेसर दिँदा केही भाग लडेर तार लत्रिएपछि त्यसैमा जेलिएर मृत्यु भएको हो ।

यतिबेला धानी बाली भित्रयाउने सिजन भएकाले गर्दा हाती आरक्षको मध्यवर्ती क्षेत्रका विभिन्न स्थानका किसानले लगाएको धान बाली नष्ट गर्ने गरेको छ। जंगली हाती समूह समूहमा विभाजित भएर हिड्ने गरेपनि शनिबार दाह्रे हाती भने एक्लै रहेको आरक्ष प्रशासनले जनाएको छ ।