दाङका १० क्रसर उधाेग बन्द गर्न निर्देशन

दाङका १० क्रसर उधाेग बन्द गर्न निर्देशन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घोराही । मापदण्ड बिपरित सञ्चालन भएका दाङका १० वटा बालुवा प्रशोधन केन्द्रलाई बन्द गर्न निर्देशन दिईएको छ । गृहमन्त्रालयको निर्देशन अनुरुप जिल्लाका क्रसर उद्योगको बैधता बारे गरिएको अनुगमनका क्रममा १० वटा बालुवा प्रशोधन उद्योगले मापदण्ड तोडेर क्रसर उद्योग सञ्चालन गरेको भेटिएको हो ।

जिल्ला प्रशासन कार्यालय लगाएत सरोकारवाला अन्य निकायहरुले गरेको अनुगमनका क्रममा भेटिएका मापदण्ड विपरितका ९ वटा बालुवा प्रशोधन केन्द्रहरुलाई १५ दिन सम्म बन्द गरिसक्न निर्देशन दिईएको छ । अर्को एउटालाई भने असारसम्म बन्द गरिसक्न समय दिईएको छ । एउटा बालुवा प्रशोधन केन्द्र भने राष्ट्रिय गौरबको आयोजनाका लागि क्रसरको काम गरिरहेकाले उसलाई भने असारसम्मको समय दिईएको हो । आईतवार गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले यस्ता बालुवा प्रशोधन केन्द्रहरु मध्ये ९ वटालाई १५ दिनसम्म र अर्को एउटालाई भने असारसम्म बन्द गर्न निर्देशन दिएको बताए । बन्द गर्न दिईएको अवधिमा पनि मापदण्ड विपरितका बालुवा प्रशोधन केन्द्रहरु बन्द नभए कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले वताए । जिल्लाभर कुल ३२ वटा बालुवा प्रशोधन केन्द्रहरु छन् । बस्ती, खोला, विद्यालय लगाएतका क्षेत्र देखि टाढा रहेर सञ्चालन गरिनु पर्ने क्रसर उद्योगहरुले यो मापदण्ड भने पालना गरेको नपाईएको प्रमुख जिल्ला अधिकारी आचार्यले वताए । गृहमन्त्रालयले सात दिनभित्र क्रसर उद्योगको बैधता अनुगमन गरि प्रतिवेदन बुझाउन देशभका स्थानीय प्रशासनलाई कात्तिक २५ गते परिपत्र गरेको थियो