वीपीमा २ जना कोरोना संक्रमितको निधन

वीपीमा २ जना कोरोना संक्रमितको निधन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको मृत्यु निधन छ ।

प्रतिष्ठानको सुचना केन्द्रका अनुसार एक जनाइलामका २५ बर्षीय युवा र अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुषको निधन भएको हो । इलामका युवाको गए राती साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । ती युवा दीर्घ रोगी थिए भने उनलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यस्तै, मोरङको सुन्दर हरैचका ६७ बर्षीय वृद्धको आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ । उनी मधुमेहका रोगी थिए । उनलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दुवैको शवलाई नियम अनुसार व्यवस्थापन तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।