कृषि विकास कार्यालयमा सकेट बम फेला

वीरेन्द्रनगर । हुम्लास्थित कृषि विकास कार्यालयको हाताभित्र दुईवटा सकेट बम फेला परेका छन् । आइतबार बिहान जिल्ला सदरमुकाम सिमीकोट गाउँपालिका–५ मा रहेको कार्यालयमा उक्त बम फेला परेका हुन् ।
दुई लिटरको बाल्टिनलाई प्लास्टिक र डोरीले बेरेको अवस्थामा बम भेटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोही बम नजिकै अर्काे प्लास्टिक र डोरी तारले बेरेको अवस्थामा सकेट बम फेला परेको प्रहरीले जनाएको छ । उक्त बम कसले राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । विप्लव नेतृत्वको नेकपा माओवादीले उक्त सकेट बम राखेको हुन सक्ने स्थानीयको अनुमान छ । तर अनुसन्धान भइ नसकेकाले उक्त अनुमान पृष्टि हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्