अबैद्य काठसहित तीन जना पक्राउ

सुर्खेत। प्रहरीले पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाबाट ठूलो परिणाममा अबैद्य सालको काठ बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोलीले १२९.६३ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तोरीबारी र घरभित्र लुकाएको काठसँगै तस्करी हुँदै गरेको अवस्थामा काठसहित तीन जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले भेरीगंगा नगरपालिका–४ को टनिखोलाका ४६ वर्षीय उदिराम खत्रीको तोरीवारीबाट ११४.४७ क्युफिट सालको काठ बरामद गरेको छ । सुराकीका आधारमा प्रदेश प्रहरी कार्यालयको व्यूरो टोली र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले खत्रीले तोरीबारीभित्र लुकाएर राखेको सालको १३६ थान कडी र पाँच थान गोलिया बरामद गरिएको प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिए । काठसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै सोही ठाउँका ३८ वर्षीय खिमराज खत्रीको घरभित्रबाट ७.११ क्युफिट काठ बरामद गरिएको उनले जानकारी दिए । खिमराजको घरबाट सालको ४.८६ क्युफिट र जामुनको २.२५ क्युफिट काठ बरामद गरिएको उनले जानकारी दिए ।
प्रहरी निरीक्षक चौधरीले भेरीगंगा नगरपालिका–१० ठुलाखालबाट छिन्चु आउँदै गरेको भे१ह ३३४१ नम्वरको अटोबाट ८.५ क्युफिट सालको चिरान काठ पनि बरामद भएको बताए ।

प्रतिकृया दिनुहोस्