ज्यान जानेगरी पाेखरामा प्याराग्लाइडिङ दुर्घटना

पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना पर्दा सोमबार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि अर्का एकजना घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार दिउँसो एकबजे भएको उक्त दुर्घटनामा परेर प्याराग्लाइडिङ पाइलट ३८ वर्षिय राजु गैरे नेपालीको मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–१८ को सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेको हो । दुर्घटनामा परेर प्याराग्लाइडिङमा उडिरहेकी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ वासीकुकी २८ वर्षिया शिला श्रेष्ठ घाईते भएकी छिन् । उनको अवस्था गम्भिर रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । घाईते श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
डिएसपी हमालका अनुसार प्याराग्लाइडिङ अवतरणका लागि फेवाताल किनारको क्षेत्र तोकिएको भएपनि त्यो ठाउँमा झर्न नपाउँदै दुर्घटना भएको थियो । ‘फेवाताल किनारको खपौदी क्षेत्रमा अवतरण गर्नुपर्ने हो । तर, त्यो भन्दा झन्डै डेढ किलोमिटर माथि पोखरा–१८ क्याम्प चोकमामा दुर्घटना भएको हमालले बताए ।
दुर्घटनामा ज्यान गुमाएका पाइलट कास्कीको पोखरा महानगरपालिका–२८ का हुन् । उनी पोखरा–६ लेकसाइड बस्दै आएका थिए । दुर्घटनालगत्तै घाईते भएका पाइलट राजुलाई उपचारका लागि मेट्रोसिटि अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।
कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि रोकिएको प्याराग्लाइडिङ उडान दसैं अघिदेखि सुचारु भएको थियो । यो बेला आन्तरिक पाहुनाको भरमा दिनहुँ ५ सय हाराहारीमा उडान भईरहेको एनएएको भनाई छ । ‘

प्रतिकृया दिनुहोस्