भरुवा बन्दुकसहित २ पक्राउ

उदयपुर । उदयपुरको कटारीबाट भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीको टोलीले एकनाल भरुवा बन्दुकसहित कटारी नगरपालिका ७ मर्जेतपुरबाट दुईजनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँका ३० वर्षीय रुद्रबहादुर तामाङ र ३४ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् । घरमा बन्दुक रहेको भन्ने सुराकीका आधारमा खटेको टोलीले बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बन्दुक राख्ने अनुमतिपत्र नभएकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार मध्यान्ह १२ बजे पक्राउ उनीहरु दुवैलाई इप्रका कटारीकै हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिकृया दिनुहोस्