सिचाई उपआयोजना खारेजीको माग गर्दै स्थानीयबासी आन्दोलित

सिचाई उपआयोजना खारेजीको माग गर्दै स्थानीयबासी आन्दोलित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ । चाँगे ढुङ्गेसँघु माङमाया सिचाई उपआयोजना खारेजीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । ताप्लेजुङको माङमाया खोला पानी कुलो खनेर आयोजना सञ्चालन गर्दा तलतिरका बस्तीलाई असर गर्ने भएकाले खारेजीको माग गर्दै आन्दोलित भएको संघर्ष समितिका संयोजक चन्द्रकुमार वनेमले बताए ।

जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय ताप्लेजुङले मैवाखोला गाउँपालिका २ र ३ को सिरानमा अवस्थित माङ्माया खोलाको मुहान थापेर “चाँगे ढुङ्गेसाँघु माङमाया सिचाई उप आयोजना मैवाखोला –१ र आठराई त्रिबेणी ४ र ५ नामाकरण गरी सञ्चालनको तयारी गरेको छ ।  उक्त सिंचाई कुला खान्नको लागि स्थानीयहरुलाई थाहा नदिइ डि.पि.आर तयार गरी बोलपत्र आव्हान समेत गरेको छ । सो आयोजना सञ्चालन हुँदा माङमाया खोलामा आस्रित परापूर्व कालदेखि निर्भर रहेका बासिन्दालाई गम्भिर असर गर्ने भएपछि चन्द्रमान वनेमको संयोजकत्वमा र रविन्द्र कुमार वनेमको सह संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरेर संघर्षमा उत्रिएको बताईएको छ ।

                उक्त उप आयोजनाले ठेक्का पट्टा खारेजीको माग गर्दै जलश्रोत तथा सिचाई विकास डिभिजन प्रदेश नं १ ताप्लेजुङ, एसियन विकास बैंक नेपाल (ए.डि.बि.) , जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङ र सिचाई डिभिजन कार्यालय विराटनगरमा निवेदन दिएपछि कुनै सुनुवाइ नभएपछि आन्दोलित भएको संघर्ष समितिका संयोजक वनेमले बताए ।

                उक्त आयोजना सञ्चालन हुँदा माङमाया खोला श्रोत भएर सञ्चालित मैवाखोला वडा नं २ को मुढे, भुसुने वृहत खानेपानी आयोजना , ठोट्ने लाली खानेपानी, भुसुने कोक्साली तेम्बे को खानेपानीको मूहान, कादुरी खानेपानी लेकुवा र मैवाखोला वडा नं ३ को बुङ्धाक खानेपानी, कोल्डाँडा खानेपानी, तुम्बे खानेपानी, सिम्ले खानेपानी, नेरा खानेपानी आयोजनामा समस्या पुग्ने छ । त्यस्तै बुङधाक हुँदै गौतम डाँडा तुम्बे बग्ने कुलो सिचाई, चल्ले सिम्ले सिचाई कुलो , ठोट्ने लेकुवा तेम्बे हुँदै खार्ते खानि तेर्सो कुलो, लाली वास्थला हुँदै तेम्बे कुलो सिचाई आदि बन्द हुँदा झन्डै १००० घर धुरी सिचाईबाट बञ्चित भई स्थानीय उत्पादन अलैचि, किबि, धान, मकै कोदो आदि लगायत सम्पूर्ण तरकारी वाली प्रभावित हुने छ । पहिलो माङमाया खोला लघु जलविद्युत आयोजना र ठाडेखोला जलविद्युत आयोजना बन्द हुने संघर्ष समितिले जानकारी दिएको छ ।