बर्दिबासमा बालिकाको अपहरणपछि हत्या, स्थानीयद्वारा आगजानी र तोडफोड, तीन जना घाइते

बर्दिबासमा बालिकाको अपहरणपछि हत्या, स्थानीयद्वारा आगजानी र तोडफोड, तीन जना घाइते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका –१४ की ६ वर्षीया बालिका गुलव शाह खातुनको अपहरणपछि हत्या भएको छ । उनको हत्यामा संलग्न भनेर आरोपी अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

अरुण दश दिनअघि मात्र  कर्तब्य ज्यान मुद्दामा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

उनी थुनामुक्त लगतै उनको घरमा रहेको पसलमा चक्लेट किन्न आइतबार साँझ गएकी गुलाब शाह खातूनलाई अरुणले अपहरण गरेर राखेका थिए । साँझ परेपछि बलात्कार गरेर हत्या गरी पोकामा राखेर फालेर पुर्खौली घर भएको गौशाला गएका थिए ।

बर्दिबास—१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा हत्या गरेर कपडाको पोकामा राखेर झाडीमा फालेको खातुनको शव भेटिएको थियो । प्रहरीसँगको बयानमा साहले आरोप स्वीकारसमेत गरिसकेको एसपी केसीले बताए ।

स्थानीयको प्रशर्दनमा तीन घाइते

बालिकालाई निर्मम हत्या गरेका आरोपी अरुण साहको बर्दिबास स्थित घरमा स्थानीय आक्रोशिकहरुको भींडले आगजनी गरिदिएका छन । आगजनी नियन्त्रणका लागि आएको बारुण यन्त्रमा समेत आक्रोशित प्रदर्शनकारीले तोडफोड गरिदिएको प्रहरीले जनाएको छ । बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा मंगलबार दिउँसो सुरक्षाकर्मीले गोली चलाउँदा तीन जना प्रदर्शनकारी घाइते भएका छन् । गम्भीर घाइते संयज भन्ने बुद्धिबहादुर न्यौपानेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । अर्का घाइते श्याम कार्की र आफताब आलमको अवस्था खतरामुतm रहेको प्रहरीले जनाएको छ ।