साईबर सुरक्षा सम्वन्धी कक्षा

सुर्खेत । एसओएस बालग्राम सुर्खेतले बालबालिकाहरुका लागि साईबर सुरक्षा र यौन दुव्र्यवहाररविरुद्धको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोरोना संक्रमणका कारण इन्टरनेटमार्फत अनलाइन कक्षाहरु सञ्चालन भइराखेका बेला बालग्रामले विद्यार्थीहरुलाई यो विषयमा प्रशिक्षण दिन थालेको हो ।
बालग्रामका निर्देशक मुकुन्दकुमार गिरीले अनलाइनको दुरुपयोग रोक्न र यस सम्वन्धी विद्यार्थीहरुलाई सचेत गराउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । ‘कोरोना संक्रमणपछि विद्यालयहरू अहिले अनलाइनमार्फत सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘बन्द कोठाभित्र बसेर मोवाईल, ट्याव, ल्यापटप कम्प्युटरमार्फत हुने साइवर अपराध रोक्न र यसको दुरुपयोगबाट हुने सजायका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिन आवश्यक देखिएकाले कार्यक्रमको आयोजना गरेका हौं ।’
जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक कनक शाहीले साइवर अपराध र यसको दुरुपयोग हुँदा पर्ने प्रभावका बारेमा प्रशिक्षण दिएका थिए । उनले लाइक, कमेन्ट गर्दा, ब्राउजर खोल्दा, सामाजिक सञ्जालमा साथी बनाउँदा धेरै सचेत हुनुपर्ने बताए । उनले अहिले विश्वमा ८० प्रतिशत अपराधहरु साइबरमार्फत हुने गरेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्