अभिभावकविहिन विद्यार्थीलाई सहयोग

अभिभावकविहिन विद्यार्थीलाई सहयोग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका बालक संमृद्ध राईले अभिभावक विहिन विद्यार्थीलाई आर्थिक सहयोग गर्दै जन्मदिन मनाएका छन् । विद्या संस्कार (साविकको चेल्सी ईन्टरनेशनल स्कुल) काठ्माण्डौंमा कक्षा २ मा अध्ययनरत संमृद्धले ७ वर्ष पुरा गरी ८ वर्ष प्रवेश गरेको अवशरमा मंगलबार ज्योती मावि जालपा (खोटाङ)मा अध्ययनरत अभिभावक विहिन छात्र÷छात्रालाई आर्थिक सहयोग गरेका हुन् । जन्मदिनको अवशरमा गत वर्ष चितवनको ‘सानोघर’ नामक संस्थालाई आर्थिक सहयोग गरेका संमृद्धले यसपल्ट अभिभावक विहिन विद्यार्थीलाई ७ हजार आर्थिक सहयोग पठाएर जन्मदिन मनाएका हुन् । संमृद्धका परिवारले ज्योती माविको नाममा सालपा विकास बैंकमा खोलिएको खातामा सहयोग रकम जम्मा गरिदिएका छन् ।

ज्योती माविले सञ्चालन गरिरहेको ‘ज्योतीका साथीहरु’ नामक अभियानमा हातेमालो गर्ने प्रयासमा संमृद्धका परिवारले उनको जन्मदिनमा अभिभावक विहिन विद्यार्थीको नाममा सहयोग रकम पठाएका हुन् । ‘सक्नेले नसक्नेलाई सहयोग गर्ने र बाँडेर खाने संस्कारको विकासका लागि’ संमृद्धले जन्मदिनमा आफ्नो उमेरको संख्या बराबरको आर्थिक रकम सामाजिक हितमा काममा खर्च गर्दैआएका छन् । संमृद्ध जति वर्ष पुग्छ जन्मदिनमा उति नै हजार रकम सामाजिक काममा खर्च गर्न सुरु गरिएको आमा रिंकु राईले बताईन् । २०७६ सालदेखि जन्मदिनमा आफन्तलाई बोलाएर भोज खुवाउनुको सट्टा त्यो रकमलाई परोपकारी सहयोगका लागि खर्च गर्न सुरु गरिएको हो ।