प्रहरीद्वारा तस्करीका सामान पक्राउ

प्रहरीद्वारा तस्करीका सामान पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङको धनपालथान र विराटनगरबाट प्रहरीले तस्करीका तरकारीजन्य वस्तु र डिजल बरामद गरेको छ ।

धनपालथान गाउँपालिका–३ बाट अवैधरूपमा भारतबाट ल्याइ लुकाइ राखेको अवस्थामा १ हजार ५ सय ५० किलोग्राम आल, प्याज, लसुन तथा विराटनगरबाट भारततर्फ लैजाँदै गरेको ४ सय ३० लिटर डिजल प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।  

धनपालथानका सीताराम सिंहको घर नजिक लुकाइ राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीको टोली राति करिब १२ बजे २१ बोरा आलु (१ हजार ५० किलोग्राम), ७ बोरा प्याज (३ सय ५० किलोग्राम) र ३ बोरा लसुन (१ सय ५० किलोग्राम) बरामद गरिएको  डिएसपी राईले जानकारी दिए । १ लाख ४५ हजार रुपैयाँ बराबरको खाद्यान्न बरामद गरिएको हो । बरामद गरिएको खाद्यान्न विराटनगर रानीस्थित भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

त्यस्तै बिहीबार विराटनगर–११ स्थित केसलिया नहर छेउबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको ४ सय ३० लिटर डिजलसहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तीन नै जना सुनसरी हरिनगरा गाउँपालिका–६ का २६ वर्षीय  शत्रुधन साह, ३० वर्षीय नजाम खान र ५० वर्षीय अकवाल मियाँले ३४ हजार ४ सय बराबरको डिजल ३ वटा मोटरसाइकल राखेर लैजाँदै गर्दा पक्राउ गरेको प्रवक्ता डिएसपी राईले बताए ।