सुकुम्बासी वस्तीका बालबालिकालाई कम्प्यूटर

सुकुम्बासी वस्तीका बालबालिकालाई कम्प्यूटर
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी। कोरोना महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएर समाजले यति लामो अकल्पनीय परिस्थिति बेहोर्नुपरेको बेला विद्यार्थीका अधिकतर स्थानमा भर्चुअल सिकाईं चलिरहेको छ। सुनसरीको बढी मात्रमा इटहरी, धरान र दुहवीमा कोरोना संक्रमितको ग्राफ निरन्न्तर बढ्दो गतिमा भएकाले गर्दा इटहरी वडा नं. ५ को सुकुम्बासी वस्तीका बालबालिकालाई भर्चुअल सिकाईंका लागि कम्प्यूटर प्रदान गरिएको छ ।

 इटहरीमा सबैभन्दा बढी सुकुम्बासी वडा नंंं. ५ जनताबस्तीमा छन् । रिजाल क्यानिङ् एण्ड कम्पनीको जग्गा ओगटेर बसाइएको  यो बस्तीमा एक हजार पाँच सय हाराहारी परिवार छन् । यही वस्तीका बालबालिका पठनपाठन गर्ने स्थानीय रक्तमाला आधारभूत विद्यालयलाईं यहाँका समाजसेवीले तीन थान कम्प्यूटर प्रदान गरेका छन् । नेपाल उद्योग बाणिज्य माहासंघका केन्द्रिय सदस्य रोहित प्रसाईं, नेबिसंघका केन्द्रिय सभापति राजीव ढुंगाना र इञ्जिनियर भविन खड्काले कम्प्युटर प्रदान गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीतमान लिम्बुले विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर कम्प्यूटर प्रदान गर्दा पक्कै पनि विद्यार्थीलाई प्रविधिको पहुँच सहजता प्रदान गरेर शैक्षिक स्तरमा सुधार हुने बताए ।