सत्ता समिकरण बारे कांग्रेससँग छलफल नभएको अर्थमन्त्री पौडेल भनाइ, मन्त्रीलाई कालो झण्डा देखाइयो

सत्ता समिकरण बारे कांग्रेससँग छलफल नभएको अर्थमन्त्री पौडेल भनाइ, मन्त्रीलाई कालो झण्डा देखाइयो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । अर्थमन्त्री बिष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापती शेरबहादुर देउवाबीच सत्ता समिकरणका बिषयमा कुनै छलफल नभएको बताएका छन । प्रेस संगठन नेपाल रुपन्देहीले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री पौडेलले प्रम ओलीसँग संसदमा स्पष्ट बहुमत भएकाले प्रतिपक्षसँग सत्ता समिकरणको छलफल गर्न आवश्यक नै नभएको बताएका हुन ।

नेकपा भित्रको पछिल्लो बिवादका सम्बन्धमा बोल्दै अर्थमन्त्री पौडेलले मर्यादा नाघेर निकालिएको विवादले पार्टीलाई लीक बाहिर लैजान खोजेको बताए । नेकपा महासचिव समेत रहेका अर्थमन्त्री पौडेलले नेतृत्व तहबाटै मर्यादा बाहिर गएर आरोप प्रत्यारोप गरिएकाले पार्टी एकतामा गम्भिर संकट उत्पन्न भएको बताएका हुन ।

अर्थमन्त्री पौडेललाइ बुटवलमा कालो झण्डा

अर्थमन्त्री बिष्णु पौडेललाइ बुटवलमा कालो झण्डा देखाइएको छ । अर्थमन्त्री पदसँग प्रदेशको स्थायी राजधानी साटेको भन्दै काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघका युवाहरुले अर्थ मन्त्री तथा नेकपा महासचिव पौडेललाइ कालोझण्डा देखाएर बिरोध गरेका हुन ।

बुटवलको नेपालगञ्ज रोड स्थित तिनाउ पुल नजिकै तरुण दल र नेविसंघका युवाहरुले पौडेल बिरुद्ध कालोझण्डा देखाउदै केहीबेर नाराबाजी गरेका थिए । अर्थमन्त्री पदसंग राजधानी साटेर जनता झुक्काउन पाइदैन,बिष्णु पौडेल मुर्दाबाद, जस्ता नारा युवाहरुले लगाएका थिए ।