सहिदभुमी गाउँपालिकाका गरीब किसानलाई कृषि सामाग्री तथा विउ विजन वितरण

सहिदभुमी गाउँपालिकाका गरीब किसानलाई कृषि सामाग्री तथा विउ विजन वितरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिकाका कोभिड १९ प्रभावित गरिव किसानहरुलाई कृषि सामाग्री तथा विउ विजन वितरण गरिएको छ ।
कारितास नेपालको जिविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत स्वीस सरकारको आर्थिक सहयोगमा प्रदेश नं १ का भूमि व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्री रामवहादुर राना मगरको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच सो गाँउपालिकाका ७ वटै वडाका १८ सय १४ घरधुरी किसानहरुलाई करिव १ करोड वरावरको आर्थिक लगतमा हजारी, स्प्रे,प्याकीङ प्लाष्टिक सहित टमाटर,वन्दा, काउली, साग र धनियाको वीउ वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै भूमि व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्री मगरले दातृ निकायबाट प्राप्त भएको कृषी सामाग्री तथा वीउविजनको उचित सदुपयोग गर्न आग्रह गर्नु भयो । कृषी क्षेत्र नै देशको मुख्य आधार भएकोले जिविको चलाउने मात्र नभई आर्थिक उपार्जनको मुख्य चिज पनि खेतीपातीलाई वनाउनु पर्नेमा जोडदिएका थिए ।
त्यस्तै प्रदेश नं १ का न्याय तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले देश परिवर्तनका लागि शहिदभूमी गाउँपालिकाले धेरै योगदान पुर्याएको वताउनुभयो ।त्यसैले प्रदेश सरकारले यो गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा विकास गर्ने बताए ।
त्यस्तै प्रदेश सभा सदस्य निरन राईले शहिदभूमि गाउँपालिकामा प्रदेश सरकारको तर्फबाट कृषी क्षेत्रका लागि ठूलो लगानी भित्रीएको भन्दै यसको सदुपयोग गरेर समृद्धीको एजेण्डा पूरा गर्न कृषकहरुले यहाँको हावापानी र माटो सुहाउँदो गर्नुपर्ने बताए ।
कार्यक्रममा कारितास नेपालका कार्यक्रम संयोजक देवेन्द्र्र पोखरेलले कार्यक्रमको विषयमा प्रकाश पारेका थिए । , कार्यक्रममा सहिदभूमी गाउँपालिका उपाध्यक्ष रत्नेश्वरी राई, पर्डेप नेपाल धनकुटाका कार्यक्रम कोर्डिनेटर मिन प्रसाद सुवेदी,सिडिएफ नेपालका प्रमुख केदार दाहाल, गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरुको उपस्थिती थियो । कार्यक्रम सहिद भूमि गाँउपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।