बर्दिबास घटनाः सर्वपक्षिय बैठकमा सहमती भएपछि आन्दोलन स्थगीत

बर्दिबास घटनाः सर्वपक्षिय बैठकमा सहमती भएपछि आन्दोलन स्थगीत
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिबास । ६ बर्षीया बालिका गुलाब खातुनको हत्यापछि  मंगलबारदेखि तनावग्रस्त बनेको बर्दिबास शान्त बनेको छ । आन्दोलरत्त पक्ष, प्रशासन तथा राजनीतिक दलको सर्वपक्षित बैठकले चार बुँदे निर्णय गर्दै आन्दोलन स्थागीत गरेपछि बर्दिबासको जनजीवन शान्त बनेको हो ।

सर्वदलीय बैठकले प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको निधन भएको सम्बन्धमा छानबिनका लागि समिति गठन गर्न सरकारसँग अनुरोध गर्ने, घटनामा घाइते भएका व्यक्तिको उपचारका लागि आवश्यक खर्च र क्षतिपूर्तिका लागि पहल गर्ने सहमति गरेको छ ।

वार्तामा पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । 

ईलाका प्रहरी कार्यालय बर्दिबासमा भएको वार्तामा बिहिबारदेखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने दुवै पक्षबीच छलफल समेत भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

बार्तामा आन्दोलनरत पक्षबाट वार्ता टोलीका संयोजक चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामणि पोखरेल र हिरा गौतम लगायत सहभागी थिए भने प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रतिनिधि रहेका थिए ।

आइतबारदेखि बेपता बालिका गुलाबको शव सोमबार मध्यराती हत्या गरिएको अवस्थामा बर्दिबास १४ स्थित घर नजिकै भेटिएको थियो । हत्या आरोपमा गौशाला ५ पुर्खयौली घर भई बर्दिबास १४मा घर बनाएर किराना पसल गर्दै आएका अरुणकुमा साह पक्राउ परेका छन । उनले प्रहरीसँग बयानमा अपराध स्वीकार गरिसकेको महोत्तरी प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले बताए ।