पाँचथरका चार स्थानमा विओपी स्थापना

पाँचथरका चार स्थानमा विओपी स्थापना
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर । ४४ दशमलव ३८ किलोमीटर भारतसँग सिमा क्षेत्र रहेको पाँचथरमा चार स्थानामा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गरीएको छ । लामोसमयदेखि सिमानामा सुरक्षा उपस्थीतिको माग गरिरहेका बासिन्दा विओपी स्थापना भएपछि खुसि देखिएका छन् ।

बुधवार फालेलुङ गाँउपालीकाको फालोट भन्ने ठाँउमा विओपी उद्घाटन गरिएको छ । भौतीक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले विओपीको उद्घाटन गरे । नेपाल, तत्काली सिक्खिम र  भारतको सिमाना रहेको तीन सिमाना भन्ने ठाँउ नजिकै पोष्ट उद्घाटन हुँदा आसपासका क्षेत्रका बासिन्दा उपस्थिती भएका थिए । चौथो विओपीको रुपमा फालोटमा पोष्ट स्थाना भएको हो । यसअघि पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङ, सकेढापा र भैसेमा पोष्ट स्थापना भएका छन् । चिवाभञ्याङ र फालोटमा सिमाना नजिकै तथा अन्य दुईस्थानमा सिमाना भन्दा केहि टाढा पोष्ट स्थापना गरीएको छ ।

‘यो चरणमा नेपाल सरकारले स्वीकृत गरेका दुई सय २१ वटा विओपी मध्ये पाँचथरमा स्थापना गर्नु पर्ने सबै स्थापना भएका छन् ।

भौगोलिक विकता रहेका उच्च पहाडी क्षेत्रमा स्थापना गरीएका पोष्टमा भौतिक, पुर्वाधार तथा अन्य सुविधा आवश्यक रहेको देखिन्छ । अहिले सञ्चालनमा आएका चारैवटा पोष्ट शसस्त्र प्रहरीको आफ्नै जग्गा र पोष्ट होईन । स्थानीय तहले निर्माण गरेका तथा सामुदायि भवनमा शसस्त्र प्रहरी राखिएको छ । हरेक पोष्टमा सईको नेतृत्वमा १९ जना शसस्त्र प्रहरी खटिएको शसस्त्र प्रहरी बल, नेपाल नम्बर २ गुल्म हेडक्वाटर हिमशिखर पाँचथरका प्रमुख डिएसपि किशोर कुमार श्रेष्ठले जानकारी दिए ।