चार महिनामा जवरजस्ती करणीका १४ घटना

गोरखा । बलात्कार बिरुद्ध कानुनमा सजाय थप भईरहेका बेला गोरखामा बलात्कारको घटना झनै बढेको छ । साउन देखि कात्तिक मसान्त सम्म गोरखामा १० जना बालिका बलात्कृत भए ।
‘बलात्कारको १४ घटनाा घटे, १५ जना पिडित छन्, ति मध्ये १० जना बालिका रहेको जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिएको छ । बलात्कृत हुने बालिकाको उमेर ६ देखि १५ वर्ष रहेको छ । अन्य घटनामा पिडित युवती १७ र दुईवटा घटनामा पिडित महिला छन् ।
घटनामा पिडित बालिका धेरै छन् तर पिडक उमेर पुगेका पुरक्ष धेरै छन् । १४ वटा घटनामा १६ वर्ष उमेर मुनिका बालक एक जना मात्र छन् भने अधिकासं १८ देखि ४० वर्ष उमेर समुहका छन् । ‘पिडकको अवस्था हेर्दा जाने बुझेकाले बालिकालाई ललाई फकाई यौन हिंसा गरेको देखिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।
१२ वर्षिय बालिकालाई करणी गरेको अभियोगमा ६८ वर्षिय पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी अदालतको आदेशपछि अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

प्रतिकृया दिनुहोस्