वीपी प्रतिष्ठानमा नयाँ मेशिन, एकैदिन १५ सय नमुना परीक्षण हुने

वीपी प्रतिष्ठानमा नयाँ मेशिन,  एकैदिन १५ सय नमुना परीक्षण हुने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एउटा पिसिआर मेशिन जडान भएको छ । योसँगै प्रतिष्ठानमा पिसिआर मेशिनको संख्या तीन पुगेको छ ।

रोटरी इन्टरनेशनलले प्रतिष्ठानलाई९६ नमुना परीक्षण गर्न सक्ने पिसिआर मेशिन उपलब्ध गराएको हो । बुधबार विराटनगरमा हस्तान्तरण भएको मेशिन प्रतिष्ठानस्थित माइक्रोबायोलोजी ल्याबमा जडान भइसकेको एडिस्नल प्रोफेसर डा.नारायण भट्टराईले जानकारी दिए । यो मेशिन जडान भएपछि अब दैनिक १५ सय स्वाबको नमुना परीक्षण गर्ने क्षमता प्रतिष्ठानको पुगेको पनि उनले बताए ।

यो मेशिन रोटरी इन्टरन्यासनल डिस्ट्रीक्ट ३२९२ अन्र्तगतका रोटरी क्लब अफ विराटनगर डाउनटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा प्रतिष्ठानले पाएको हो । माइक्रोबायोलोजी ल्याबमा भएको ३ वटा पिसिआर मेशिनबाहेकर अर्को द्रुत परीक्षण गर्ने जिन एक्स्पर्ट मेशिन पनि छ । यो मेशिन भने इर्मजेन्सीमा राखिएको छ । त्यहाँ गम्भीर प्रकृतिका तत्काल पिसिआर जाँच गर्नुपर्ने विरामी आए उनीहरुको जाँच गरिने डा.भट्टराईले बताए । ‘यो मेशिनले ५० मिनेटमा रिपोर्ट दिन्छ ।

वीपी प्रतिष्ठानमा हालसम्म ६८ हजार ८ सय ६४ स्वाबको परीक्षण भएको छ । त्यसमध्ये ६० हजार ६ सय २२ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७ हजार १ सय ७४ नमुनाको रिपोर्ट मात्र पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।