दुई लाख ७१ हजार सहित जुवाडे पक्राउ

दुई लाख ७१ हजार सहित जुवाडे पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । गोरखा प्रहरीले दुई लाख ७१ हजार पाँच सय २० रुपैयाँ सहित जुवाडेलाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलबाट तीन जनालाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।

स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेका घरधनी भण्डारी, धादीङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षिय खुमबहादुर अर्याल र ज्वालामुखी गाउँपालिकाकै वडा नम्बर २ को २२ वर्षिय राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट कौडापनि बरामद भएको छ ।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट बिहिवार १० दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ‘पछिल्लो समय जुवातास नियन्त्रण गर्न प्रहरी सक्रिया रहेको र निरन्तर निग्रानी बढाएको एसपी गुरुङले बताए ।