बेलका नगरद्वरा ९० छात्रालाई निशूल्क साइकल

बेलका नगरद्वरा ९० छात्रालाई निशूल्क साइकल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर । बेलका नगरपालिकाले ९० जना विद्यालयस्तरका छात्रालाई निशूल्क साईकल वितरण गरेको छ । विद्यालयभन्दा टाढा घर भएका छात्राहरुलाई पठनपाठन गर्न सहज बनाउन नगरपालिकाले बिभिन्न संघसंस्थासँगको साझेदारीमा साईकल वितरण गरेको जनाएको छ ।

                ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ सुरु भएको दोस्रो दिन बिहीबार स्थानीय बरपिपल मावि रामपुरको प्रांगणमा आयोजित एक कार्यक्रममा साईकल वितरण गरिएको हो । नगरपालिकाको शिक्षा शाखाद्वारा आयोजित कार्यक्रममा प्रदेश सांसद अम्बिका थापाले छात्राहरुलाई साईकल वितरण गरिन् ।

                साईकल वितरण गर्दै सांसद थापाले छात्राहरुको शैक्षिक अधिकारमा नगरपालिकाको यो सहयोग महत्वपूर्ण हुने बताईन् । उनले हरेक निकायमा लंैगिक अधिकारको समान वितरणका लािग जनसंख्याको आधारमा समानुपातिक प्रणाली लागू हुनुपर्नेमा जोड दिईन् । कार्यक्रममा नगरप्रमुख दुर्गाकुमार थापाले हिजोआज पुरुषहरु पनि लैंगिक हिंसामा पर्न थालेको घट्ना सुनाउँदै लैंगिक हिंसा अन्त्य गर्न गाउँघरका दम्पति जोडीलाई राखेर संयुक्तरुपमा तालिम र मनोविमर्श सेवो दिन थालेको बताए

कार्यक्रममा उपप्रमुख राजकुमारी चौधरीले लैंगिक हिंसामा सबभन्दा बढी बालबालिका र महिला पीडित हुँदै आएको तथ्यांक प्रस्तुत गरिन् । नगर शिक्षा शाखा प्रमुख सुनिल निरौलाले साईकल वितरण कार्यको यो सुरुवात मात्र भएको भन्दै अर्को चरणमा थप छात्रालाई साईकल वितरण गरिने बताए । प्रथम चरणमा ३ वटा विद्यालयका छात्रालाई मात्र साईकल वितरण गरिएको जाकारी दिदै उनले दोस्रो चरणमा १ सय छात्रालाई साईकल दिने कार्यक्रम रहेको बताए ।