समस्या समाधान गर्न दुई अध्यक्ष मिल्नु पर्छः मन्त्री नेम्बाङ

समस्या समाधान गर्न दुई अध्यक्ष मिल्नु पर्छः मन्त्री नेम्बाङ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर । भौतीक पूर्वाधार तथा यातायत मन्त्री बसन्तकुमार नेम्बाङ अहिले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा देखिएको समस्या दुई अध्यक्ष मिलेर समाधान गर्नु पर्ने बताएका छन् । चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नुनै हितकर देखिने उनको भनाई रहेको छ ।

गृह जिल्ला पाँचथरमा आएका मन्त्री नेम्बाङले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्  । नेताहरु बिचमा छलफल भईरहेकाले सचिवालय बाटै समस्या समाधान हुने अपेक्षा राखिएको उनले सुनाए । १३ गतेको बैठक पछि समस्या समाधान हुदै जाने अपेक्षा रहेको बताए । ‘पार्टीको सल्लाह, समन्वय हुन्छ । तर पार्टीले निर्णय गरेर सरकारले यसो गर उसो गर भनेर सरकार चल्दैन्’ उनले भने ‘ पार्टीले बनाएको नीति अनुसार सरकार चल्छ तर पार्टीको निर्णय सरकारमा कार्यान्वय हुदैन् ।’

अहिले सरकार पुनगर्ठन गर्ने कुरा नभएको मन्त्री नेम्बाङले बताए । चैतमै महाधिवेशन गरेर पार्टी एकतालाई पूर्णता दिएर अघि बढ्नुनै हितकर देखिन्छ ।