June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु

वीपीमा मोरङका कोरोना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको बेलबारीका ७६ बर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार उनको हिजो राती साढे ९ बजे मृत्यु भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । कोभिड अस्पतालमा मंसिर २ गते भर्ना भएका मृतकलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।