प्रहरीचौकीका सबै प्रहरीमा कोरोना

बैतडी । बैतडीको एउटा प्रहरीचौकीका सबै जना प्रहरीमा कोरानो पुष्टि भएको छ । डिलासैनी गाउँपालिका–३ स्थित सिमार प्रहरीचौकीमा कार्यरत ९ जना प्रहरी र थप एक अर्को जना गरी १० जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा कोराना भेटिएको हो ।
प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सहित ९ जनामै कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए । प्रहरीचौकीमा कार्यरत सबै प्रहरीमा कोरोना देखिएपछि चौकीलाई नै आइसोलेसनको रुपमा प्रयोग गरिएको उनले बताए ।
कोरोना पुष्टि भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने समान्य रहेको छ । यस्तै शुक्रबार नै डिलाशैनी ३ का एक ३० वर्षीय युवकमा पनि कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३३ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ३८ रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्