सप्तरीका युवा लागूऔषधसहित उदयपुरबाट पक्राउ

उदयपुर । सप्तरीका एक युवक उदयपुरमा लागू औक्षधसहित पक्राउ परेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका ३ फत्तेपुरका १९ वर्षीय प्रदिप देउजा अवैध लागूऔषध नाईटोजेपामसहित पक्राउ परेका हुन् ।
सदरमुकाम त्रियुगा नगरपालिका १३ हवाईफिल्डस्थित तरकारी बजारको सुरक्षार्थ राखिएको अस्थायी प्रहरी पोष्टबाट खटेको टोलीले सोही वडाको जोगीपोखरीदेखि बुधबार राति देउजालाई लागू औषध नाईटोजेपामसहित नियन्त्रणमा लिएको हो । उनीमाथि शंका लागी प्रहरीले चेकजाँच गर्दा ३२ थान नाइटोजेपाम ट्याब्लेट फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई जिल्ला प्रहरी कार्यालयको नियनत्रणमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्