भारतीय विदेश सचिव श्रृङ्गलाद्वारा गोरखाका तीन विद्यालय उद्घाटन

गोरखा । भारतीय बिदेश सचिव हर्षवद्र्धन श्रृङ्गलाले शुक्रवार गोरखाको तीनवटा विद्यालय उद्घाटन गरेका छन् । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाको रत्नलक्ष्मी मावि, महालक्ष्मी मावि र तारा माविको भवन उद्घाटन गरेका हुन् ।
महालक्ष्मी माविमा आयोजित एउटा कार्यक्रम मार्फत तीनवटै विद्यालयको उद्घाटन गर्दै सचिव श्रृङ्गलाले नेपाल एकिकरण निर्माता पृथ्वी नारायण शाहको ठाउँ, विश्वभरी विरताको रुपमा चिनिएका गोरखा आउन पाउँदा निकै खुसी लागेको बताए । हरेक वर्ष भारत सरकारले तीन हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ती दिँदै आएको, पुन निर्माणमा सघाईरहेकाले यसले नेपाल भारको मैत्री संम्बन्ध अमर रहने उनले विश्वस ब्यक्त गरे । सचिव श्रृङ्गलाले नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आएका थिए ।
विद्यालय उद्घाटन कार्यक्रममा राष्ट्रिय पुन निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले भुकम्पपछिको पुर्वाधार पुन निर्माणमा भारत सरकारले ठुलो सहयोग गरेको बताए । ‘यो सहयोगले नेपाल भारतको संम्बन्ध अझै मजवुत बनाउनेछ’ उनले भने । कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले सचिव हर्षवद्र्धन श्रृङ्गलालाई गोरखाको गोरखनाथ मन्दिर, भारतमा रहेको गोर्खा सैनिक आदी कारणले दुई देश बिच धार्मीक र सामाजिक संम्बन्ध रहेको बताए ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त निजी आवास, विद्यालय सडक, स्वास्थ्य चौकी तथा पुरातात्विक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले एक खर्ब रुपैयाँ अनुदान प्रदान गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्