गण्डकी प्रदेश सरकारले सबै ऐनहहरुको पुस्तक प्रकासन

पोखरा । गण्डकी प्रदेश सरकारले हालसम्म जारी भएका ऐनहरु पुस्तकका रुपमा प्रकाशित गरेको छ । प्रदेश सरकारले प्रदेश सभाबाट पारित भई ऐनका रुपमा जारी भएका ऐनहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्रायलले ४ खण्ड गरेर पुस्तकका रुपमा प्रकाशित गरेको हो । प्रकाशित पुस्तक शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानसहित चार जनाले सार्वजनिक गरे ।
पुस्तकमा प्रदेशमा जारी भएका ३३ वटा ऐनहरु ४ खण्डमा विभाजित गरेर प्रकाशन गरिएको छ । ४ खण्डलाई ४ वटा पुस्तकका रुपमा प्रकाशित गरिएको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । जस अन्तर्गत प्रदेश स्तरका आयोग÷निकाय, आन्तरिक प्रशासन, सुशासन, प्रदेश सभा, स्थानिय तह, शान्ति सुरक्षा, सञ्चार, न्याय प्रशासनसँग सम्बन्धित ऐनहरु समावेश छन् ।
दोश्रो खण्डमा राजश्व, आर्थिक प्रशासन, यातायात, जलश्रोत, उर्जा तथा भौतिक पूर्वाधारसँग सम्बन्धित ऐनहरु राखिएका छन् । तेश्रो खण्डमा उद्योग, पर्यटन वन, वातारण, विज्ञान, प्रविधि, खाद्य, कृषि, सहकारी र भूमिसँग सम्बन्धित ऐनहरु समावेश छन् भने चौथो खण्डमा शिक्षा, खेलकुद, स्वास्थ्य, बालबालिका, समाज कल्याण तथा संस्कृतिसँग सम्बन्धित ऐनहरु समावेश रहेका छन् ।
गण्डकी प्रदेशमा कुल ४६ वटा ऐन जारी भएपनि केहि ऐनहरु खारेज भइसकेको र केहि ऐनहरु संसोधन गरिएकाले हाल ३३ वटा ऐन कार्यान्वयनमा रहेको उनले बताए । संसोधित ऐनहरुपनि पुस्तकमा समेटिएका छन् ।

प्रतिकृया दिनुहोस्