कर्णाली प्रदेश योजना आयोगमा खड्का

बीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्कालाई नियुक्त गरेको छ । पाँच महिनादेखि रिक्त उपाध्यक्षमा बिहीबारको मन्त्रिपरिषद् बैठकले दैलेख नारायण नगरपालिका–८ निवासी खड्कालाई नियुक्त गरेको हो । यसअघिका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी रामपुर कृषि क्याम्पसको उपकुलपति नियुक्त भएपछि उपाध्यक्ष रिक्त थियो ।
उपाध्यक्षमा नियुक्त खड्काले कर्णालीको गरिवी र भोकमरी हटाउन आफूले भूमिका खेल्ने बताए । २०१६ सालमा जन्मिएका खड्का यसअघि राज्य पुर्नसंरचना आयोगको सदस्य, समाज कल्याण परिषद्को कार्यकारी निर्देशक, रामपुर कृषि क्याम्पसको प्रध्यापक थिए । उनी अहिले फियान इन्टरनेशनलको अन्र्तराष्ट्रिय अध्यक्ष पनि छन् ।
यस्तै सुर्खेतका नेकपाका नेता झकबहादुर मल्ललाई मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा नियुक्त गरिएको छ । मन्त्रिपरिषद् बैठकले सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर सम्वन्धी प्रस्ताव स्वीकृतिका लागि नेपाल सरकारलाई पठाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्