पाँच लाख नगदसहित १० जना जुवाडे पक्राउ

पाँच लाख नगदसहित १० जना जुवाडे पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा । सिमराका एक होटलबाट जुवा खेलिरहेका अवस्थामा नगदसहित  १० जना जुवाडेलाई बिहिबार राती बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सिमरा पाराडाइज होटलबाट नगद र कौडा सहित १० जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा राजेन्द्र उप्रेती, दिपक भट्टराइ, राजेश गिरी, श्याम सिँह, रोबिन दाहाल, सुनिल श्रेष्ठ, अशोक लामा, राज लामा लगायतका रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

पक्राउ परेका जुवाडेहरुबाट जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान र पाँच लाख ८२ हजार नगर समेत बरामत गरिएको छ ।