दर्घट्नामा दुईजनाको निधन

उदयपुर,। उदयपुरमा ट्याक्टरको ठक्करबाट एक किशोरको निधन भएको छ । शुक्रबार साँझ त्रियुगा नगरपालिका १५ हुवास डहरस्थित स १ त ५७९७ नं. को ट्याक्टरको ठक्करबाट सोही ठाउँका १६ वर्षीय हिक्मत नेपालीको निधन भएको प्रहरीले जनाएको छ ।
सडक क्रस गर्ने क्रममा ट्याक्टरको ठक्कर लागेर घाईते भएका नेपालीको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घट्नालगत्तै चालक भने फरार भएकाले खोजी कार्य भईरहेको छ भने ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
घट्नास्थलबाट ९ किलोमिटर टाढा रहेको प्रहरी चौकी साउनेबाट खटेको टोलीले कानुनी प्रक्रिया पुरा गरी सर्जमिन मुचुल्का उठाएर फर्केको छ । मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
उता जिल्लाको उदयपुरगढीका एक पुरुषको भीरबाट लडेर निधन भएको प्रहरीले जनाएको छ । उदयपुरगढी ४ आमे पाखाको भीरबाट लडेर सोही ठाउँका ५३ वर्षीय ज्ञानबहादुर मगरको गत बिहीबार निधन भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम गाईघाटदेखि ५० किलोमिट टाढा रहेको घट्नास्थलमा उदयपुरगढी प्रहरी चौकीबाट टोली गएर सर्जमिन मुचुल्का तयार गरी फर्केको छ । मृतकको लास गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी शनिबार आफन्तको जिममा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्