हलेसी तुवाचुङ नगरपालिकामा अस्थायी कोभिड अस्पताल

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड अस्पताल स्थापना गरेको छ । कोभिड–१९ को महामारीलाई लक्ष्यीत गर्दै नगरपालिकाले बिहिबार ५ शैयाको अस्थायी कोभिड अस्पताल स्थापना गरेको हो । संघीय सरकारले उपलव्ध गराएको १० लाख र नगरपालिकाको लगानीमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यचौकीमा तीन महिनाका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो । कोरोना भाइरसको संक्रमण दर फैलिएर भयवह स्थिति निम्तिएको अवस्थामा नागरिकको गाउँमै सहज उपचार व्यवस्थापनका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । अस्थायी कोभिड अस्पताल मेयर राई र उपमेयर बिमला राईले उद्घाटन गरेका हुन् ।
एक जना एमविविएस डाक्टर, दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी व्यवस्था गरेर अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको हो । स्थानीय तहमा कोरोना संक्रमित भेटिएमा उपचारका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता अन्त्यका अस्थायी नगरपालिकामा स्थायी कोभिड अस्पताल स्थापना गरिएको हो । संघीय सरकारले तीन महिनासम्मका लागि आर्थिक सहयोग गर्नेगरी स्थापना गरिएको अस्थायी कोभिड अस्पताललाई नगरपालिकाको श्रोत साधनबाट अन्य स्वास्थ्य सेवा उपलव्ध गराउनेगरी स्थायी रुपमा निरन्तरता दिइने तयारी गरिएको मेयर राईले बताए । ‘नागरिकलाई पिसिआर परिक्षण गर्दा संक्रमण देखियो भने उहाँहरुलाई बाहिर पठाउनुभन्दा आफ्नै ठाउँको आइसोलेसनमा राख्ने व्यवस्थाका लागि अस्थायी कोभिड अस्पताल स्थापना गरिएको हो,’ मेयर राईले भने, ‘संघीय सरकारले अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न तीन महिनाका लागि खर्च दिएको छ ।

प्रतिकृया दिनुहोस्