जीप दुर्घटनामा पाँचजनाको मृत्यु

रुकुम । रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । आठवीसकोट नगरपालिका–८, दाँजेबाट घारीखोला जन्ती लिएर जाँदै गरेको रा१ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लिँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
आठवीसकोट नगरपालिका–८ का ५१ वर्षीय कलीभान नेपाली, सोही गाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थल मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ वर्षीय लालबहादुर नेपालीको भने उपचारका लागि नेपालगन्ज लिँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता तथा प्रहरी निरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । जीप चिप्लिएर दुर्घटना भएको बताइएको छ । जीप सडकबाट करिब एक सय मिटर तल खसेको स्थानीयहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्