कलैयामा १६ करोडको लागतमा तारे होटेल

कलैयामा १६ करोडको लागतमा तारे होटेल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कलैया । १६ करोडको लागतमा बाराको कलैयामा तारे होटेल करण राज प्यालेस सञ्चालनमा आएको छ ।

प्रदेश नम्बर. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका छन् । उद्घाटन गरिएको होटलमा स्वीट, डिलक्स र स्ट्यान्डर्ड गरी २० वटा कोठा, तीन वटा हल, स्विमीङ्ग पुल लगायतको सुविधा रहेको होटेलका सञ्चालक धनिलाल सरार्फले बताएका छन् ।

गढीमाई मन्दिर जाने कलैया–बरियापुर सडकसँगै टाँसिएको ३० कट्ठा क्षेत्रफलमा होटल निर्माण भएको सरार्फले बताए । २५ करोडको लगानी गर्ने सोच रहे पनि त्यसमा आवश्यक पर्ने अन्य पुर्वधारहरुमा बिस्तारै लगानी थपिदै जाने उनले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले सञ्चालनमा आएको करण राज प्यालेस होटलले यस क्षेत्रमा पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । तारे होटलहरुको कारणले जिल्लामा मात्र नभएर प्रदेशको पर्यटन व्यवसायमा टेवा पु¥याउने सम्भावना रहेको सोनलले बताए ।

बारा ऐतिहासिक र पर्यटकीय महत्वको स्थान भएपनि सदरमुकाम कलैयामा सुविधा सम्पन्न स्तरीय होटल नहुँदा यस क्षेत्रको पर्यटन पर्वद्धन समस्या हुँदै आएको थियो ।

कलैयामा एक बर्ष पहिला मात्रै पहिलो तारे होटल बरेवा दरबार होटल सञ्चालनमा आएको थियो ।