जगदम्बा स्टील्सको भट्टी पड्किदा चार मजदुर घाइते

जगदम्बा स्टील्सको भट्टी पड्किदा चार मजदुर घाइते
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बारा । जितपुरसिमरा उपमहानगरपालिका – २  सिमरा रहेको जगदम्बा स्टील्स प्रालिको फलाम पगाल्ने भट्टी पड्किदा चार जना मजदुर घाईते भएका छन ।

१० टन क्षमताको फलाम पगाल्ने भट्टी पड्किदा चार जना मजदुरहरु घाइते भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक  दीपक श्रेष्ठले बताए ।

घाईते मध्ये सर्लाही सक्रोल गाउपालिका –६ का  बिकिन्द्र यादवको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौ किर्तिपुर अस्पतालमा थप उपचारको लागि भर्ना गरिएको उनले बताए।

यादवसँगै सर्लाही बरथवा नगरपालिका–५ का मुकेश साह, भारत मोतिहारीका  नईमुदिन आलम र भारत शिवनग्रामका जनकदेव यादव समेत घाईते भएका छन् । जगदम्बा स्टील्स प्रा.लिका सञ्चालक पवन गुप्ताले प्राविधिक गढबडी भई भट्टी पड्किएको बताए । सुरक्षा मापदण्ड अप्नाएका कारणले कम क्षति भएको गुप्ताले बताए । उद्योगमा पाँच करोड जतिको क्षति भएको दावी गुप्ताले गरे ।